प्रधानमन्त्री ओलीले भोलि संसदमा जवाफ दिने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि, ६ जेठमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने भएका छन्। भोलि मध्यान्ह १२ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची तय गरिएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए। राष्ट्रपति विद्यादेवी भण्डारीले २ जेठमा संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।

भोलिकै बैठकमा नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। सभामुखले राष्ट्रपतिले गरेको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०७७/७८ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्। त्यस्तै कानून न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here