काठमाडौं । चीनले कालापानी नेपाल र भारतबीचको मुद्दा भएको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजिआनले मंगलबारको मिडिया ब्रिफिङका क्रममा भने, “कालापानी नेपाल र भारतीबीचको सीमासम्बन्धी मुद्दा हो । ‘कालापानी नेपाल र भारत बीचको मुद्दा हो र हामी आशा गर्दछौं कि दुई देशले मैत्रीपूर्ण वार्तामार्फत विवाद सुल्झाउनु पर्दछ,’ ।
भारतीय सेना प्रमुखले शुक्रबार चीनले उत्तराखण्डको धारचुलासँग भारतले उद्घाटन गरेको बाटोको विषयमा नेपालले ‘अरु कसैको’ आदेशमा बोलेको भन्ने अभिव्यक्तिको उनले खण्डन गरेका हुन् । उनले भनेका थिए, ‘यस क्षेत्रमा भारत र नेपालको बीचमा कुनै विवाद भएको छैन ।’ सरकारले मंगलबार भारतले अतिक्रमण गरेका भूभागलाई समेटेर नयाँ नक्सा जारी गरेको छ ।