काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निवास खुमलटारमा ओलीनिकट नेताहरुसँग छलफल गरिरहेका छन्।
छलफलमा ओलीपक्षका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललगायतका नेताहरु सहभागी छन्।
त्यस्तै प्रचण्डसहित प्रवक्ता नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, पम्फा भुसाल सहभागी छन्।
बुधवार ललितपुरको झम्सिखेलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालसहित ३१ जना स्थायी कमिटी सदस्यहरुबीच छलफल गरेका थिए।
भेलाले ओलीविरुद्ध एकमत भएर अघि बढ्ने र उनले पार्टीको निर्णय मान्न बाध्य पार्ने रणनीति लिएको छ। बुधवार बिहान ओलीले पनि केही मन्त्री आफू निकट नेताहरुसँग वर्तमान परिस्थिति आगामी रणनीतिबारे छलफल गरेका थिए।
ओलीले पार्टीको बैठकअघि नै छलफल गरेकाले प्रचण्ड नेपाल समूहले पनि छलफल गरेको नेताहरु बताउँछन्।
बुधवार ५ जना स्थायी कमिटी सदस्यले धारणा राखेपछि स्थगित भएको बैठक आज पनि बस्दैछ।