अर्थमन्त्री खतिवडाले राजिनामा दिने

अर्थमन्त्री डा.युवराज खतिवडाले पदबाट राजिनामा दिनुभएको छ । शुक्रबार मन्त्री खतिवडाले राष्ट्रिय सभाको कार्यकाल सकिएपछि  राजिनामा दिनुभएको हो । दुई वर्षका लागि राष्ट्रिय सभा सदस्यमा मनोनित हुनुभएका खतिवडाको कार्यकाल शनिबार सकिँदै छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठक खतिवडाका लागि अन्तिम बनेको छ । अर्थमन्त्रीमा रहँदा विभिन्न बाधाअड्चन खेप्नुभएका खतिवडाले पछिल्लो समय सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्दै आउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here