बुुटवल– मुख्यमन्त्रीबाट शंकर पोखरेलले राजीनामा दिएसँगै आज आइतबार दिउँसो १ बजे बस्ने भनिएको लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन अनिश्चित बनेको छ।
सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ। वैशाख ६ गते मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै प्रदेश प्रमुख समक्ष विशेष अधिवेशन माग भएपछि आइतबार विशेष अधिवेशन आह्वान गरिएको थियो।
अविश्वासको प्रस्तावकै विषयमा छलफल गर्न आह्वान गरिएको विशेष अधिवेशन मुख्यमन्त्रीले नै राजीनामा दिएपछि अन्योल बढेको हो।
‘मन्त्रिपरिषदले निर्णय गरेपछि प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने हो। तर यसमा केही जटिलता देखिएको छ,’ प्रदेशसभाका सचिव दुुर्लभकुमार पुन मगरले भने। बैठक सुरु गर्ने या नगर्ने भन्नेबारेमा छलफल गर्न सभामुख पूूर्णबहादुर घर्ती प्रदेश प्रमुुख धर्मनाथ यादवसँग छलफलमा रहेको सचिव पुुनले जानकारी दिए।