जनकपुरधाम, कार्तिक ४ गते ।
सडक विस्तारको क्रममा वडाअध्यक्षले सामुदायिक विद्यालय भनव भत्काएको विरोधमा विद्यार्थीहरु सडकमै बसेर पढेका छन् । जनकपुरधाम उपमहानगरपालिका २१ स्थित कुर्थामा रहेको राजर्षि जनक उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरु बिहीबार विरोध स्वरुप सडकमै बसेर पढेका हुन् ।
गत वैशाख महिनाको पहिलो साता वडा नं. २१ का वडाध्यक्ष प्रमेश्वर महासेठले सडक विस्तारको क्रममा कक्षाकोठाको पर्खाल र कम्पाउन्ड वाल रातिको समयमा डोजर लगाएर भत्काएकाउनु भएको थियो । ६ वटा कक्षाकोठा पर्खाल र विद्यालयको वाल भत्काएपछि त्यस विद्यालयमा अध्ययनरत्त ६ सय विद्यार्थी विगत ६ महिनादेखि सडकको धुवाधुलो खाएर पढ्न बाध्य छन् ।
विद्यालयको उत्तरछेउ टासिएरै रहेक तर्फको जनकपुर लोहरपट्टी सडक खण्ड अतिव्यस्त सडक भएकाले त्यस सडकबाट आवजत जावत गर्ने सवारीसाधनको गुड्दा उड्ने धुलो र ध्वनी प्रदुशणले विद्यार्थी र शिक्षको स्वास्थ्यमा असर परेको कक्षा १० मा अध्ययनरत्त विद्यार्थी रामकुमार महासेठको गुनासो छ । विद्यालयको भवन र पर्खाल भत्काएदेखि धुलो र ध्वानी प्रदुशनले पठन पाठनमा निकै समस्या भइरहेको विद्यार्थीहरुको भनाई छ ।
विद्यार्थीहरुले जनकपुर लोहरपट्टी सडक खण्ड पूर्ण रुपमा अवरुद्ध गरेर सडकमै बसेर पढेका छन् । विद्यार्थीहरु सडकमै बसेर पढ्दा आवत जावत पूर्ण रुपमा ठप्प भएको थियो ।
प्रधानाध्यापक विरेन्द्र यादवले विद्यालयको ६ वटा कक्षाकोठा भत्काएपछि कक्षाकोठाको अभावमा गर्मीमा जसोतसो बाहिर राखेर पढाएपनि अव जाडोमा समस्या हुने गुनासो गर्नुभयो । विद्यार्थीले जाडोमा पढ्न समस्या हुने बताएपछि विद्यार्थीको दवावमा नै सांकेतिक विरोध स्वरुप सडकमा पठन पाठन गराएको प्रअ यादवले बताउनुभयो ।
विद्यालयको कक्षाकोठा भवनको पर्खाल र वाल भत्काएर वडाध्यक्ष महासेठले सडकमै उत्तरतर्फ वडा कार्यालय निर्माण गरेपछि कुर्थावासी समेत आक्रोसित भएका छन् । उनीहरुले वडाध्यक्ष महासेठको चर्को आलोचना गर्दै आएका छन् भने गत कार्तिक ४ गते जनकपुरमा वडाध्यक्ष महासेठ, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको विरुद्धमा प्रदर्शन गर्नुको साथै जिल्ला प्रशासन कार्यालय र उपमहानगरपालिका कार्यालय घेराउ गरेका थिए ।