भारतीय टेली सिरियलको दुनियाँका कयौँ यस्ता हिरोईनहरु छन् जसले आफ्नो अभिनयको कलाले सबैको मन जित्न सफल भए। तर, जब उनीहरुको पारिवारिक जीवनको कुरा आउँछ तब उनीहरुलाई थुप्रै बाधा – अड्चनको सामना गर्न परिरहेको हुन्छ।
यदि टिभी अभिनेत्री विवाहित छिन् भने त सम्बध विच्छेद हुने सम्भावना निकै धेरै रहन्छ। आज तपाईलाई यस्तै ५ अभिनेत्रीहरु जसले आफ्नो पहिलो श्रीमानलाई डिभोर्स दिएर अर्को जीवनसाथी रोजे। यसको प्रमुख कारण हो श्रीमानको हेपाह प्रवृति र संका गर्ने बानी।
१. गुञ्जन वालिया:
चर्चित टिभी सिरियल कुछ अपने कुछ परायेबाट चर्चामा आएकी अभिनेती गुञ्जन वालियाले पहिलो विवाह शचिन वर्मासँग गरिन्। तर, आपसी कलहका कारणले यी दुईबीच सम्बध विच्छेद भयो। त्यसपछि उनले सन् २०१५ मा विकास मानकलतासँग विवाह गरिन्।
२. रूचा गुजराती
बलिउडका थुप्रै फिल्महरुमा साइड रोलमा अभिनय गरिसकेकी रूचा गुजरातीले सन् २०१० मा मितुल शांघ्वीसँग विवाह गरेकी थिइन् । तर उनले २०१३ मा मितुलसँग डिभोर्स गरिन् र सन् २०१६ मा फेरी विशाल जायसवालसँग विवाह गरिन्।
३. चाहत खन्न:
चर्चित सिरियल बड़े अच्छे लगते हैं मा मुख्य भूमिकामा रहेकी अभिनेत्री चाहत खन्नाले पनि पहिलो विवाह सन् २००६ मा भारत नरसिंघानीसँग गरेकी थिइन् । तर पछि उनले बिहे भएकै २ वर्षमा भारतलाई डिभोर्स दिएर पुन: २००१३ मा फरहान मिर्जासँग विवाह गरिन् ।
४. श्वेता तिवारी
अभिनेत्री श्वेता तिवारीको चर्चा कुनै बलिउड नायिकाको भन्दा कम हुने कुरै भएन। एकता कपूरको सिरियल कसौटी जिंदगीबाट भारतसँग विश्वभर चर्चित बनेकी तिवारीले वैवाहिक जीवनमा निकै कष्ट झेलिन्। उनले पहिले अभिनेता राजा चौधरीसँग विवाह गरेकी थिइन्। तर राजाले रक्सी खाएर कुटपिट गर्ने र दुख दिने गर्न थालेपछि उनले राजालाई डिभोर्स दिईन्। त्यसपछि उनले अभिनव कोहलीसँग विवाह गरेकी छन्। उनको पहिलो विवाहबाट एक छोरी पनि रहेकी छन्।
तिवारीले नेपाली चलचित्र त्रिनेत्रमा नायक निखिल उप्रेतीसँग पनि अभिनय गरेकी छन्। त्यसबेला तिवारी निखिलसँग नजिकिएको खबर पनि बाहिर आएको थोयो।
५. तनाज ईरानी
बलिउड फिल्म समेत काम गरिसकेकी अभीनेत्री तनाज ईरानीको पहिलो विवाह फरीद करीमसँग भएको थियो । तर, उनीहरुको विवाह लामो समय सम्म टिक्न सकेन र उनीहरुले डिभोर्स गरे । त्यसपछि इरानीले अभिनेता बख्तियार ईरानीसँग २०-७ सालमा विहाव गरेर बसिन्।