कृषि मन्त्रालय खारेज गर्न माग

काठमाडौँ : प्रतिनिधिसभाका सांसद हृदयश त्रिपाठीले कृषि विकास मन्त्रालय खारेज गर्न माग गरेका छन्। स्वतन्त्र सांसद त्रिपाठीले कृषकको कामै नगर्ने कृषि विकास मन्त्रालयको आवश्यक्ता नरहेको भन्दै खारेज गर्नुपर्ने माग गरेका हुन्। मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले कृषि मन्त्रालयको कामै नभएको र यसले तामझामबाहेक अरू केही पनि काम नगरेको आरोपसमेत लगाए। १०० रुपैयाँमा १८ रुपैयाँ कृषकको नाममा खर्च गरेर ८२ रुपैयाँ कर्मचारीको तामझाममा लगाउने मन्त्रालयको रूपमा सो मन्त्रालयको चित्रणसमेत गरे। सांसद त्रिपाठीले कृषि विकास मन्त्रालयका पदाधिकारी नै सबैभन्दा बढी विदेश भ्रमण गर्ने गरिरहेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे। उनले चिनीले उपभोक्तालाई पारेर प्रतिकूल असरबारे ठोस पहल गर्न अर्थ मन्त्रालय र उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सचेत गराउनुपर्ने आवश्यक्ता पनि औंल्याए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here