सार्वजनिक खरिद के हो ?
सरकारी कार्यालयहरुबाट हुने गरेका खरिद कार्यहरु एवं सरकारको स्वामित्व भएका कार्यालयहरुले सरकारी बजेट प्रयोग गरि कुनै पनि खरिद कार्य गरिन्छ भने त्यसलाई सार्वजनिक खरिद भनिन्छ । सार्वजनिक खरिद प्रकृयामा देखिएका समस्याहरु जस्तै मिलेमत्तो, सिमित प्रतिस्पर्धा तथा डर धम्की मार्फत ठेक्का प्राप्त गर्ने , कमिशनको खेल आदिबाट छुट्कारा पाउन विद्युतीय खरिद प्रणालीको विकास भएको हो ।
नेपाल सरकारको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिदको लागि विद्युतीय खरिद प्रणाली Electronic Government Procurement (e-GP) system संचालन गर्दै आएको छ । विद्युतीय खरिद प्रणाली सबन्धमा यहाँ केही चर्चा गरौं ।
श्रोत मजदूर दैनिक बाट साभार