दिल्लीबाट साइकलमा बिहार हिँडेका मजदुरको बाटैमा मृत्यु

भारतको राजधानी नयाँ दिल्लीबाट साइकलमा बिहार गइरहेका एक मजदुरको मृत्यु भएको छ।बन्दाबन्दी (लकडाउन) को समयमा २७ अप्रिलका दिन ७ मजदुर बिहारको खगडिया जिल्लाका लागि निस्केका थिए। साइकलमा घर हिँडेका उनीहरुमध्ये एकको मृत्यु भएको हो।

अधिकारीहरुका अनुसार मजदुरहरुले बिहीबार राति शाहजहापुरको एक होटलमा आराम गरे । बिहान एकजनालाई बिसञ्‍चो भएपछि अस्पताल लगिएको थियो ।  अस्पताल पुग्‍ने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो । 

मृतकसँगै हिँडेका बाँकी ६ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here