काठमाडौं – उत्तर कोरिया र दक्षिण कोरियाका सेनाहरूबीच सीमा क्षेत्रमा गोली हानाहान भएको छ । उत्तर कोरियाली नेता किम जङ अन २० दिनपछि देखिएको २४ घण्टा बित्न नपाउदै दुई पक्षका सेनाबीच गोली हानाहान भएको जनाएको छ ।
उक्त गोली हानाहानमा दक्षिण कोरियाले आफु तर्फ कुनै घाइते नभएको जनाएको छ । उत्तर कोरियाले सुरक्षा पोस्टमा गोली चलाएपछि गोली हानाहान शुरू भएको दक्षिण कोरियाले जनाएको छ। पछिल्लो पाँच वर्षपछि पहिलो पटक उत्तर कोरियाली सैनिकहरूले दक्षिण कोरियामा गोली चलाएको जनाइएको छ ।