काठमाडौं । काठमाडौंको व्यस्त चोक मानिने कलंकीमा आइतबारबाट सवारी जामलाई न्यूनीकरण गर्न ‘पिक एण्ड ड्रप’ व्यवस्था लागु गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अत्यधिक जाम हुने चोकका रुपमा रहेको कलंकीमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागु गरेको हो ।
‘पिक एण्ड ड्रप’ व्यवस्था लागु गरेसँगै अब अब कलंकी चोकमा बस रोक्न पाइनेछैन् । महानगरीय ट्राफिक प्रभाग कलंकीका प्रहरी निरीक्षक केशवराज भट्टका अनुसार अब कलंकी अण्डरपासको मुखमा रोकिँदै आएका सवारीसाधन खसीबजार र मकालु पेट्रोलपम्पको अगाडीमात्रै यात्रु चढाउन र ओराल्न पाउनेछन् । यस्तै थानकोट जाने लोकल बसहरु एलआरआइ जाने मोडको छेउमा, कालीमाटीबाट आउने सवारी साधन कलंकी मन्दिर र उपत्यका बाहिर जाने बसले ढुंगेअड्डामा मात्रै यात्रुलाई चढाउन र ओराल्न पाउनेछन ।