पोखरामा पहिरो जाँदा ५ जनाको मृत्यु, ८ घाइते

काठमाडौं :पोखराको सराङकोट र हेम्जामा पहिरो जादाँ पाँच जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । लगातार परेको भारी वर्षाको कारण पहिरो जाँदा एकै परिवारका पाचँ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पोखरा १८ का टंकबहादुर थापामगर, उनकी श्रीमती सोममाया थापामगर, नातीनि इशिका,नाती सुशाङ र एक पाहुना ( पहिचान खुल्न नसकेको) को मृत्यु भएको हो ।

घाइते हुनेमा घरमा आएका पाहुना सरस्वती थापा तथा अर्का एक जना र टंकका छोरी पिंकी थापामगर, आशा थापामगर,रश्मी थापामगर,पिरिसा थापामगर र सुमन थापामगर घाइते भएका हुन ।

उनी हरुको उद्वारपछि उपचारको लागी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेको टंकका दाजु सोमबहादुर थापामगरले जानकारी दिए । घाइते मध्ये ५ जना गम्भीर अवस्था रहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here