काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले दावी पेश गरेका छन् । बिहीबार प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुुब्बा गुरुङले विश्वासको मत नपाएपछि उनी पदमुक्त भए ।
यसको भोलिपल्ट शुक्रबार दिउँसो २४ घण्टाको समय दिएर प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेश सभा सदस्यलाई नयाँ सरकारको दाबी गर्न समय दिएकी थिइन् ।
सोही अनुसार शुक्रबार नै विपक्षी गठबन्धनका तर्फबाट कांग्रेसका पोखरेलले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । उनले उनले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख पौडेलसमक्ष दावी पेस गरेका हुन् । स्वतन्त्र रुपमा निर्वाचित राजीव गुरुङ –दीपक मनाङेसहितको समर्थनमा पोखरेलले मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।
पोखरेललाई नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र एक सांसदको समर्थन छ । स्वतन्त्र सांसद मनाङेको समर्थन पोखरेलको पक्षमा बहुमत जुटेको छ । पोखरेल मुख्यमन्त्री बन्ने लगभग जस्तै देखिएको छ ।