टीकापुर हत्याकाण्डः रेशम चौधरीसहित १२ जनालाई जन्म कैद

धनगढी, २२ फागुन । टीकापुर हत्याकाण्डको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीसहित १२ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त चौधरीलाई जन्मकैदको फैसला सुनाएको हो ।

न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित १२ जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेस्तेदार इन्द्रबहादुर कठायतले बताएका छन् । जन्म कैद भएकाहरुमा हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, सीताराम चौधरी, श्रवण चौधरी र गंगाराम चौधरी छन् । तीमध्ये श्रवण चौधरी नाबालक देखिएकाले उनलाई आधा सजाय अर्थात् १० वर्ष कैद सजाय हुनेछ ।

अन्य १२ जनालाई भने ३ वर्षको कैद सजाय सुनाइएको छ । उनीहरुमा लक्ष्मण थारु, लाहुराम चौधरी, राजकुमार कठारिया, सन्तराम चौधरी, जीतबहादुर डगौरा, प्रेमबहादुर चौधरी, किशनलाल चौधरीलगायत छन् ।

घटनामा संलग्न रहेको आरोपमा थुनामा रहेका नेता लक्ष्मण थारुसहित १५ जनालाई आजै रिहा गर्न अदालतले आदेश दिएको छ ।

लक्ष्मण चौधरी लाहुराम चौधरी लगायतलाई तीन वर्ष कैदको फैसला सुनाइएको हो । तर उनीहरुले कैद भुक्तान गरिसकेकोले आजै रिहा गर्न आदेश भएको हो । अदालतले पक्राउ परेका तीनजना निर्दोश रहेको ठहर गरेको छ ।

मधेसी-थारु आन्दोलनका क्रममा ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक झडपमा नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here