प्रदेश २ मा विद्यार्थीको दिवा खाजाका लागि आएको डेढ अर्ब अलपत्र

जनकपुरधाम
बालबालिकालाई विद्यालयमा टिकाई राख्न दिवा खाजाका लागि संघीय सरकारले पठाएको डेढ अर्बभन्दा बढी रकम प्रदेश २ मा अलपत्र परेको छ । शैक्षिक सत्र सकिन लाग्दा समेत प्रदेश सरकारको हेलचेक्र्याईंले विद्यार्थीले दिवा खाजा नै पाएका छैनन् ।

बालबालिकाले बीचमै विद्यालय छाड्ने समस्या रोक्न र सामुदायिक विद्यालय गुणस्तर उकास्न संघीय सरकारले प्राथमिक तहका विद्यार्थीलाई दिवा खाजा खुवाउन मोटो रकम खर्चिन्छ । विदाका दिनबाहेक १५ रुपैयाँका दरले प्रति विद्यार्थी वर्षमा एक सय ८० दिन दिवा खाजा दिने व्यवस्था छ ।
धनुषामा मात्रै प्राथमिक विद्यालय र बालविकासमा अध्यनरत ७४ हजारभन्दा बढि बालबालिकाको दिवा खाजाका लागि २० करोड बजेट निकासा भएको छ । तर, शैक्षिक सत्र बित्न एक महिना मात्र बााकी रहेपनि धनुषाकै १८ वटा स्थानीय तहले अहिलेसम्म दिवा खाजा कार्यक्रम लागू गर्न अग्रसरता नै देखाएका छैनन् ।

प्रदेश २ का ८ वटा जिल्लामा कक्षा एकदेखि पााचसम्म ५ लाख ६५ हजारभन्दा बढि बालबालिका अध्यनरत छन् । तर स्थानीय सरकारले दिवा खाजा कार्यक्रम लागु गर्न नसकेपछि संघीय सरकारले अनुदानमा पठाएको डेढ अर्ब रुपैयाँमध्ये अधिकांश रकम फ्रिज हुने अवस्था छ ।

प्रदेश २ का एक सय ३६ मध्ये सिरहा, सप्तरी र बारा जिल्लाका केही स्थानीय तहमा गत वर्षदेखि नै यो योजना लागु भएको हो । तर यो वर्ष जनप्रतिनिधि र कर्मचारीको हेलचेक्र्याईले बालबालिकाले खाजा खानबाट वन्चित भए । शिक्षक र अभिभावक समेत बालबालिकालाई विद्यालयमा टिकाइराख्न उदासिन देखिए । यसले विद्यालयको पहूँचभन्दा बाहिर रहेका थप बालबालिकालाई विद्यालयमा कसरी ल्याउने ? प्रश्न उब्जिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here