जनकपुरको १५ दिने परिक्रमाको धार्मिक लस्करबीच सिलिण्डर विस्फोट हुँदा दुई जना गम्भिर घाईते भएका छन् ।
भारतको विभिन्न ठाउँमा विश्राम गरी महोत्तरीको बुधबार महोत्तरीको कञ्चनवन पुगेका धार्मिक लस्कर विश्राम स्थलमा बैलुन बेच्ने ग्यास सिलिण्डर विस्फोट हुँदा दुई जना घाईते भएको तथा उनीहरुको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
विहीबार विहानको समयमा
सो
सिलिण्डर विस्फोट हुँदा
महोत्तरी औरही
नगरपालिका २
का
४०
बर्षिय
रामकरण
कापर
र
गौशाला
नगरपालिका १०
का
६०
बर्षिय
अमरुद्दिन लहेडी
घाईते
भएका
छन
।
सिलिण्डर विस्फोटनमा परि
वैलुन
व्यापारी कापरको
दाहिने
खुट्टा
काटिएको छ
।
त्यस्तै छेउमा
बसेका
लहेडीको खुट्टामा चोटपटक
लागेको
छ
।
मेलामा
वैलुन
वेच्दै
आएका
कापरले
आज
विहान
वैलुनमा ग्याँस
भर्ने
क्रममा
तातोपानीमा वारुद्ध अधिक
हालेपछि सो
सिलिण्डर विस्फोट भएको
ईलाका
प्रहरी
कार्यालय सितापुर भंगहाले जनाएको
छ
।
घाईते
भएका
दुवैजनालाई उपचारको लागि
जनकपुर
अंचल
अस्पताल पठाईएको प्रहरी
सहायक
निरीक्षक झलक
घिमिरेले बताएका
छन
।
उनीहरुलाई उपचारको लागि धनुषाको महेन्द्रनगर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरेपछि थप उपचारको लागि जनकपुर अञ्चल अस्पताल रिफर गरिएको जनाइएको छ ।