जनकपुरधाम : मिथिला नाट्य कला परिषद् (मिनाप)ले जनकपुरधामका मेयर लालकिशोर साहलाई महामुुर्खको मानपदवी दिइएको छ । मिनापद्धारा आयोजित महामुर्ख सम्मेलनमा मेयर साहलाई महामुर्खको मानपदवी दिएको हो ।
हरेक वर्ष होली पर्वको अवसर पारेर जनकपुरमा मिनापले महामुर्ख सम्मेलन गर्छ । एक वर्षमा समाजिक रुपान्तरणमा उल्लेख्य कार्य गरेको एक जनालाई आयोजक संस्थाले महामुर्खको मानपदवी दिने चलन छ । सोही चलन अनुसार मेयर साहलाई महामुर्खको मानपदवी दिएको आयोजकले जनाएको छ ।
महामुर्ख घोषित मेयर साहलाई आलु, भण्टा र मुलाको माला लगाएर प्रमाण–पत्र प्रदान गरिएको छ । सम्मेलनमा भारी संख्यामा सर्वसधारणको उपस्थिति रहेको थियो ।