सहीद कप टी-20’ जनकपुरमा शुरू, मुख्यमंत्री द्वारा उदघाटन

जनकपुरधाम। प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरको रंगभूमी मैदानमा शुरू हुँदै गरेको सहीद क्रिकेट कपको उदघाटन सत्रमा खेलाडीमाथि भएको विभेद बारे बताएका छन्। राज्यले विभेद गर्यो भन्दै मुख्यमंत्री राउतले प्रदेस -२ सरकार विभेद नगर्ने बताएका छन।

मुख्यमन्त्री राउतले एसिया कपमा स्वर्ण पदक जितेका खेलाडीलाई प्रदेश २ सरकारले ५-५ लाख रुपैयाँ जनही दिने भनि जनाएका छन।

जनकपुरको बाह्रबिघास्थित रंगभूमि मैदानमा तेस्रो सहिद कप टि–२० क्रिकेट प्रतियोगिता उद्घाटन गर्दै मुख्यमन्त्री राउतले खेलाडीहरूको उचित सम्मान हुन नसकेको बताएका छन।

राउत सँगै पुगेका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले प्रतियोगिताबाट प्रदेशका खेलाडीको प्रतिभा प्रस्फुटन हुने विश्वास व्यक्त गरेका छन।

कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री सोनल, आन्तरिक मामिला तथा कानुनमन्त्री यादव, उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री सुरेश मन्डल, प्रदेशसभा सदस्य कौशल यादव, सुरिता साह, धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्याल, जिल्ला समन्वय समिति धनुषाका उपप्रमुख दीपक झा, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख शेखर खनाल, क्रिकेट संघ धनुषाका राजु चौधरी, हीरा भगत लगायत व्यक्तित्वको उपस्थित रहेको थियो थियो।

यो खेल अहिले वारहविघामा निरन्तर चल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here