जनकपुर-राईजोवियम तथा घाँसेबारी बीउ बिजन प्रयोगशाला जनकपुरधाममा कार्यरत दुई कर्मचारी घुस लिँदालिँदै अख्तियारको फन्दामा परेका छन्।
वरिष्ठ पशु विकास अधिकृत डा. राम गुलाम यादव र पशु प्राविधिक जागेश्वर चौधरीलाई अख्तियारको टोलीले पक्राउ पक्रेको हो।
एक सेवाग्राहीबाट ४० हजार रुपैया घुस लिएपछि दुवै कर्मचारीलाई जनकपुरधाम उपमहानगरपालिका-४ बिसाहाराबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।
काम सम्पन्न भएको र भुक्तानी लिन जाँदा विभिन्न बहाना बनाएर सेवाग्राहीबाट कर्मचारीद्धयले घुस मागेका थिए।