नेपाल भेटेरिनरी एसोसिएसन, प्रदेश २ र बजरंग भेटेरिनरी एण्ड एग्रिकल्चरल रिसर्च सेन्टर को आयोजनामा पशु स्वास्थ्य तथा खोप शिबीर

२०७६ बैशाख ७,  महोत्तरी जिल्ला को औरही नगरपालिका, कठुवार बजार मा भब्यताको साथ नि:शुल्क पशु स्वास्थ्य शिवीर सम्पन्न गरियो। जसमा  नेपाल भेटेरिनरी एसोसिएसन, प्रदेश २ र बजरंग भेटेरिनरी एण्ड एग्रिकल्चरल रिसर्च सेन्टर प्रा लि  को अगुवाई रहेको थियो। यस शिबीर ले गर्दा ५०० भन्दा बढी पशुपालक किसानहरु लाभान्वित भएका थिए भने लगभग ८०० भन्दा बढी पशुहरुको स्वास्थ्य परीक्षण को साथ साथै खोप लगायिएको थियो । यस कार्यक्रम लाई सफल बनाऊन सहयोगी को रुपमा क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशाला जनकपुर, भेटेरिनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र जनकपुर र औरही नगरपालिका ले सहयोग गरेको जानकारी नेपाल भेटेरिनरी एसोसिएसन प्रदेश २ का सदस्य डा. सुमन कुमार सिंह ले दिनुभएको थियो। त्यस्तै  बजरंग भेटेरिनरी एण्ड एग्रिकल्चरल रिसर्च सेन्टर प्रा लि को तर्फ़ बाट पशु चिकित्सक डा पवन कुमार झा , डा दिपेन्द्र पण्डित, डा रोशन राज साह, डा उदय साह , सौरव कुमार सिंह , प्रफुल झा , कृष्णा साफी को ऊपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here