महिलामाथि मध्यरातमा निर्घात कुटपिट र दुर्व्यवहार, ८ जना पक्राउ

जनकपुर– धनुषामा एक दलित महिलामाथि गाउँकै केही पुरुषहरु मिलेर चरम शारीरिक यातना दिएका छन्। शनिबार राती मधेसी दलित समुदायकी एक महिलालाई केही पुरुषहरु मिलेर कुटपिट गर्नुको साथै कपाल मुण्डन गरी यातना दिएको छ।

जनकपुरधाम उपमहानगरपालिका–२५ लोहना बस्ने अन्दाजी वर्ष ३४ की स्थानीय एक मुसहर समुदायकी महिलालाई त्यही टोल कै केही पुरुषहरुले मिलेर दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ। 

महिलालाई दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले  ८ जनालाई पक्राउ समेत गरेको छ ।  पक्राउ पर्नेमा ४० वर्षीय रामदुलार सादा, २८ वर्षीय रामविनय सादा, ३७ वर्षीय हरिराम सादा, ३५ वर्षीया लुचवा सादा, ४१ वर्षीय शिवचरण सादा, ३५ वर्षीय राजवीर सादा, ३६ वर्षीय रन्जित सादा र १९ वर्षीय सन्तोष  सदा रहेका छन्। पक्राउ पर्नेहरु सबै लोहनाकै हुन् ।

प्रहरी उपरीक्षक शेखर खनालले पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गराइ अभद्र व्यवहार गरेको घटनामा जाहेरी दर्ता भएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here