महोत्तरी जिल्लामा पशु स्वास्थ्य परीक्षण ,नि:शुल्क औषधि तथा खोप शिबीर सम्पन्न

२०७६ बैशाख २१, नेपाल भेटेरिनरी एसोसिएसन प्रदेश न.०२ को अगुवाइ मा संचालित, विश्व भेटेरिनरी दिवस सप्ताहिक कार्यक्रम अन्तर्गत आज महोत्तरी जिल्ला को औरही नगरपालिका, कबिलाशामा नेपाल भेटेरिनरी एसोसिएसन, प्रदेश २  को अगुवाई मा भब्यताको साथ नि:शुल्क पशु स्वास्थ्य शिवीर सम्पन्न गरियो। यस शिबीर ले गर्दा सम्पूर्ण  कबिलाशाबासी  पशुपालक किसानहरु लाभान्वित भएका थिए भने लगभग १६०० भन्दा बढी पशुहरुको स्वास्थ्य परीक्षण को साथ साथै नि:शुल्क औषधि वितरण तथा खोप लगायिएको थियो। यस कार्यक्रम को अध्यक्षता समाजसेबी श्री राज नारायण पण्डित तथा प्रमुख अतिथि राजपा नेता ज्ञानेन्द्र झा उर्फ ज्ञानु झा रहनुभएको थियो । नि:शुल्क पशु स्वास्थ्य शिविर तथा खोप कार्यक्रमका निम्ति कबिलाशाबाशी ले सम्पूर्ण प्राबिधिक टिमलाई दोसल्ला ओढाई सम्मान गरेका थिए । यस कार्यक्रमलाई सफल बनाऊन नेपाल भेटेरिनरी एसोसिएसन प्रदेश ०२ का सचिब डा.पुषपेन्द्र साह, सहयोगी को रुपमा क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशाला जनकपुर, भेटेरिनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र जनकपुर, र औरही नगरपालिकाले सहयोग गरेको जानकारी नेपाल भेटेरिनरी एसोसिएसन प्रदेश २ का सदस्य डा. सुमन कुमार सिंह ले दिनुभएको थियो। त्यस्तै बजरंग भेटेरिनरी एण्ड एग्रिकल्चरल रिसर्च सेन्टर प्रा लि जनकपुर को तर्फ़ बाट प्राबिधिक सहयोग को निम्ति पशु चिकित्सक डा.पवन कुमार झा, डा.दिपेन्द्र पन्डित डा.रोशन राजन साह का साथै एनिमल पारासीटोलोजिस्ट श्री सौरभ कुमार सिंह र श्री प्रफुल चन्द्र झा, सहयोगी कृष्ण कुमार साफी  र श्री जनता नमुना प्राबिधिकका जे.टि.ए. दिनेश शर्मा, चितरन्जन शर्मा को उपस्थितिमा भव्यताका साथ सम्पन्न गरिएको  थियो । तयस्तै यस कार्यक्रम तथा किसानहरुका निम्ति फ़्लेउर हिमालय, भिर्बय्क, क्युमेड, कान्तिपुर भेट, मैनकयिंड, भास्कर औषधि कम्पनिहरुले निशुल्क औषधि ऊपलब्ध गराएका थिए ।

तस्बिरहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here