छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सुर्यको पूजा गरिंदै

काठमाडाैं, १६ कात्तिक ।  छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सुर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिएर आज बेलुकी छठ मनाइँदैछ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बिहीबारदेखि शुरु भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकि थिईन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुवात् भएको विश्वास गरिन्छ ।

मिथिलाञ्चलको महापर्व छठको दोस्रो दिन जनकपुरधामका गंगा सागर, रुक्मीनी सर,  धनुष सागर, अरगज्जा सागर, दशरथ तलाउ, रत्न सागर, भुतही पोखरीसहितका पोखरीलाई छठ पूजाका लागि विशेष रूपले सजाइएको छ । स्थानीय युवा क्लब पोखरी सजाउने कार्यमा सहभागी भएका थिए ।

छठमा केरा, भुसबा, ठकुवा, नरिवल, उखु, मुलासहित विभिन्न फलफूल लिएर भक्तजनले सूर्यलाई अर्घ दिने गर्छन् । छठको पूजा पोखरी र नदीमा मात्र हुने गर्छ ।

पुत्र प्राप्ति, पुत्रको दीर्घायु, कुष्टरोगबाट मुक्तिलगायत सबै प्रकारको मनोवाञ्छित फल प्राप्तिका लागि मिथिलाञ्चलमा छठ पर्व मनाइने गरिन्छ । जनकपुरमा सबैभन्दा बढी उत्सवका साथ मनाइने छठ हेर्न नेपालका विभिन्न जिल्लाका अतिरिक्त भारत एवं तेस्रो देशबाट समेत पर्यटक एक दिनपहिला नै जनकपुर आइसकेका छन् ।

छठमा सूर्य पूजाको विशेष महŒव रहेको छ । सूर्यलाई आदि देवता पनि भनिन्छ । मानव मात्रको अस्तित्वपछि सर्वप्रथम उज्यालो दिने, जिउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधीबाट जोगाउने सूर्य नै रहेको मान्यता पाइन्छ । रात्रिको अन्धकारबाट भयभीत भएकालाई सूर्यको प्रकाशले त्राण दिने भएकाले आदिकालीन मानवले सूर्यको उपासना पूजा गर्ने गरेका थिए ।

उत्तर वैदिककालका मिथिलाका प्रसिद्ध चिन्तक र दार्र्शिनक याज्ञवल्क्यले सूर्यलाई गुरू मानेका थिए ।

भगवान् राम १४ वर्षको वनवासको अवधिमा रावणको वध गरी अयोध्या फर्किएकाले अयोध्यामा दीपावली मनाइएको थियो । दीपावलीको छैठौं दिनमा छठ पूजा हुने गर्छ ।

भगवान् राम अयोध्या फर्केपछि राजकाज सञ्चालन गर्न‘भन्दा पहिले ब्राह्मण अर्थात् रावण हत्याको पापबाट मुक्त हुनका लागि ऋषिसँग सल्लाह लिँदा कात्तिक शुक्ल षष्ठीसम्म सूर्यको उपासना गर्न सल्लाह दिएकाले सोही तिथिमा छठ पूजासँगै सूर्यको पूजा पनि गर्न थालिएको विश्वास गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here