जनकपुरधाम, कार्तिक १६ गते ।
बसको ठक्करबाट पुर्व सांसद राम लखन महतोको निधन भएको छ । साविकको घर बटेश्वर गाउँपालिका–१ बाट हालको घर महेन्द्रनगर जाने क्रममा जनकपुर–ढल्केवर सडकखण्डस्थित मिथिला नगरपालिका–१ विश्वकर्मा चोकमा शुक्रवार बसले ठक्कर दिँदा उनको निधन भएको हो ।
शैक्षिक भ्रमणकालागि काठमाडौँबाट जनकपुरतर्फ आउँदै गरेको बा ५ ख ८८५ नम्बरको बसले बाटो काट्ने क्रममा साइकल चलाउँदै गरेका ६२ वर्षीय नेता महतोलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारकालागि जनकपुर अञ्चल अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
२०५१ सालको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट धनुषा निर्वाचन क्षेत्र नम्बर ५ बाट चुनवा लडेका नेता महतो नेपाली काँग्रेसका उम्मेदवार तथा पुर्वराष्ट्रपति डा. रामवरण यादवलाई पराजित गर्दै विजयी भएका थिए ।