प्रदेश २ सरकारले गर्यो दोश्रो चरणको राहत प्याकेजको घोषणा ।

काठमाडौं , कोराना महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका गरिब तथा दैनिक ज्यालादारीका मजदुरहरुको लागि प्रदेश २ सरकारले दोश्रो चरणको राहत प्याकेजको घोषणा गरेको छ ।

मन्त्रिपरिषदको आज सम्पन्न बैठकले लक्षीत परिवारको घरमा सोझै राहत पुर्‍याउने गरी दोस्रो चरणको राहत प्याकेज घोषणा गरिएको हो । प्रदेश सरकारले पीडित परिवारलाई वडा कार्यालयको समन्वयमा सोझै घरमै राहत पुर्‍याउने योजना ल्याएको हो ।

स्थानीय तहहरुले प्रदेश सरकारलाई बुझाएको पीडित परिवारहरुको लिष्टको आधारमा प्रदेश सरकारले जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालय मार्फत राहत सामग्री खरिद गरि प्याकेट तयार गरेरै लिष्ट सहित वडालाई जिम्मा लगाउने भएको हो ।

वडाले प्राप्त गरेको राहत २४ घन्टाभित्र पीडितलाई वितरण गर्नुपर्ने व्यवस्था गरिएको छ । बैठकले कोरोना महामारी नियन्त्रणको लागि आवश्यक उपकरणहरु खरिद गर्न ६८ करोड रुपैया निकासा गरेको छ ।

उक्त रकमले थप पिसिआर मेसिन सहितका अन्य उपकरणहरु खरिद गरिने जनाएको छ । नारायणी उपक्षेत्रीय अस्पताललाई कोरोना विरामीहरुको उपचारका लागि आवश्यक व्यवस्था गर्न ५० लाख रुपैयाँ दिने निर्णय पनि बैठकले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here