बिहानै चट्याङ लागेर सप्तरीमा ४ जनाको मृत्यु

सप्तरीमा विभिन्न घटनामा परी दुई महिलासहित ६ जनाको ज्यान गएको छ । घटनामा दुई जनाको घाइते भएका छन् ।

बिहीबार वर्षासँगै परेको चट्याङले डाकनेश्वरी नगरपालिका ९ की ३० वर्षीया ललीतादेबी यादव, महादेवा गाउँपालिका २ का ६० वर्षीय छेदी ठाकुर, २७ वर्षीय बेचन यादव र राजगढ गाउँपालिका ३ का ४५ वर्षीय केशीलाल साह छन् ।

तीन जनाको घटनास्थलमै र साहको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी तिलक भारतीले जानकारी दिएका छन् । घाइते दुई जनाको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै बुधबार राति १० बजेतिर पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुर खण्डमा स्कारपियो भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किएर मोटरसाइकल सवार खडक नगरपालिका ५ निवासी ५५ वर्षीय सुधनीदेबी दास र उनका ३२ वर्षीय छोरा बिरेन्द्र दासको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स.१० प ९०५० मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको स.१ झ ४८७ नम्बरको स्कारपियो भ्यान एकआपसमा ठोक्किएर सो दुर्घटना भएको हो ।

घटनामा मोटरसाइकल सवार आमाछोराको मृत्यु भएको हो । ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारवाही प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here