जसपाको दुवै पक्षले गरेको कारबाही अवैध, पूरानै पदाधिकारी कायम आयोगले दिएन मान्यता

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को दुवै पक्षले एकअर्कालाई गरेको कारवाहीलाई अवैध घोषणा गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा सहभागि हुने विषयलाई लिएर जसपामा विवाद उत्पन्न भएपछि एकले अर्कोलाई कार्वाही गर्दै पार्टीबाट निष्काशन गरेका थिए ।

अध्यक्ष महन्थ ठाकुर, बरिष्ठ नेता राजेन्द्र महतो लगायत शीर्ष नेतामाथि गरिएको कार्वाही आयोगले अवैध घोषणा गरिदिएको हो । अध्यक्ष ठाकुर पक्षले पनि यादवमाथि कार्वाही गरेर सोको जानकारी आयोगलाई गराएको थियो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाका नेताहरुले गरेको कार्वाही नमिलेकोले पुरानै कार्यसमितिलाई मात्र मान्यता दिने निर्णय भएको जानकारी दिए ।

‘कार्वाही सम्बन्धमा आयोगले माग गरेको विषय र कार्वाही गरिएको विषय दुवै नमिलेका कारण जसपामा गरिएको कार्वाही मलेन भन्ने आयोगको ठहर छ,’ श्रेष्ठले भन्ने आइतबार बसेको आयोगको बैठकले जसपा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव नै रहेको कमिटी कायम रहने निर्णय गरेको छ। जेठ १८ गते दुवै अध्यक्षले एकअर्कालाई कारबाही गरिएको भन्दै दल दर्ता किताब अद्यावधिक गर्न आयोगमा निवेदन दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here