विराटनगरमा ट्र्याक्टरको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१२ मा बिहीवार दिउँसो ट्र्याक्टरको ठक्करबाट ५० वर्षीया ठेकनीदेवी रायको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज मध्याह्न साढे १२ बजे भित्री सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१त ३१५३ नम्बरको ट्र्याक्टरले विपरित दिशाबाट पैदल आउँदै गरेकी विराटनगर–१६ बस्ने ठेकेकनीदेवीलाई ठक्कर दिएको थियो ।
ट्याक्टरको ठक्करबाट गम्भीर घाइते रायलाई उचारको लागि न्यूरो अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा दिउँसो पौने एक बजे सोही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
ठक्कर दिने ट्याक्टर र चालक सुनसरी बर्जु गाउँपालिका–३ अमरफाड बस्ने ४० वर्षीय रामा पहाडीलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।