काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित दुई किरियापुत्रीसँगै माला लगाएर उभिएको तस्बिरले आइतबार सामाजिक सञ्जालमा निकै चर्चा पायो । दुखको घडीमा माला लगाएर जानु असान्र्दभिक भएको र अशोभनीय सन्देश गएको भनी आलोचना भयो ।, कान्तिपुर दैनिकमा समाचार छ ।
तत्कालीन मोरङ एमालेका सचिवालय सदस्य महेश भट्टराई र मदन भट्टराईकी आमाको निधन भएको पाँचौ दिन मृतकप्रछि श्रद्धान्जली व्यक्त गर्न र परिवारलाई सान्त्वना दिन मन्त्री पण्डित विराटनगर उपमहानगरपालिका ३ स्थित भट्टराई निवास पुगेका थिए ।
मन्त्रीको सचिवालयले भने कुनै योजनावद्ध नभई एक कार्यक्रममा सहभागी हुन गएका बेला नजिकैको भट्टराईको निवासमा मन्त्री पुगेको जनाएको छ । मन्त्रीका स्वकीय सचिव मनोज राईका अनुसार कार्यक्रमस्थलबाट नजिकै रहेकाले मन्त्री भट्टराई निवास पुग्नुभएको बताउनुभयो ।