प्रदेश १ को राजधानी विराटनगरमै प्रस्तावविरुध नाराबाजी

विराटनगर– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश–१ को स्थायी राजधानी विराटनगरलाई बनाउन प्रस्ताव गरेको छ । हाल अस्थायी राजधानी रहेकै विराटनगरलाई स्थायी राजधानी बनाउने गरी सो पाटीैले प्रदेश सभामा प्रस्ताव दर्ता गराएको छ । 

नेकपा प्रदेश–१ संसदीय दलको बैठकपछि प्रदेशसभामा प्रस्ताव दर्ता भएको हो ।  नेकपाले कार्यपालिका, व्यवस्थापिकालगायत अन्य संरचना बृहत् विराट क्षेत्र अन्तर्गत विराटनगर, इटहरी र सुन्दरहरैचा आसपासका क्षेत्रमा निर्माण गर्ने प्रस्ताव गरेको छ । 

स्थायी राजधानी विराटनगर बनाउने कुरामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि सहमत छ । कांग्रेसले राजधानीका साथै सबै कार्यालय विराटनरगमै हुने गरी प्रस्ताव दर्ता गराउने भएको छ । 

कांग्रेसले पनि आइतबारै अलग्गै प्रस्ताव दर्ता गराउने तयारी रहेको प्रमुख सचेतक केदार कार्कीले जानकारी दिएका छन् । स्थायी राजधानीका साथै सबै कार्यालय विराटनरगमै हुने गरी प्रस्ताव दर्ता गराउन लागिएको कार्कीले बताए ।  

सबै पक्षको सहमतिका लागि भन्दै यसअघि मुख्यमन्त्री शेरधन राईले सर्वदलीय बैठक डाकेका थिए । तर, सत्तापक्ष र विपक्षी आ–आफ्नै अडानमा रहेपछि सहमति जुट्न सकेको थिएन । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here