काठमाडौं
। सुदूरपश्चिम सरकारले पर्सि (१० गते) प्रदेशभर सार्वजनिक बिदा दिएको छ । सुदूरका पहाडी जिल्लामा मनाइने भुवा
पर्वका अवसरमा प्रदेश सरकारले
सार्वजनिक बिदा दिएको हो ।
आन्तरिक मामिला
तथा कानुन मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै भुवाका अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।
मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद
जोशीद्वारा जारी विज्ञप्तिमा गत साउन ८ गते प्रदेश सरकारले गरेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको उल्लेख
छ ।
भस्सोसमेत भनिने
भुवा सुदूरपश्चिमका पहाडी जिल्लासँगै भारतको उत्तराखण्ड राज्यमा पनि मनाइन्छ । यो पर्व महाभारतको
युद्धकालदेखि आरम्भ भएको विश्वास गरिन्छ
। महाभारतको धर्मयुद्धमा पाण्डव विजयी भएपछि खुसी स्वरूप विजययात्राका रूपमा मनाउने चलन सुरु भएको किंवदन्ती
छ ।
भुवामा हातमा
तरवार र ढाल लिएर सामूहिक रूपमा बाजागाजासहित ‘भुवा
नाच’ खेल्ने गरिन्छ । भुवा नाच देखिएको खेतमा अर्को
वर्ष अन्न उत्पादन बढ्ने जनविश्वास
पनि छ ।