सुदूरपश्चिममा थप ४२ जनामा कोरोना संक्रमण

१३ साउन । सुदूरपश्चिममा पछिल्लो २४ घण्टाभित्रै थप ४२ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १५ महिला र २७ पुरुष गरी ४२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

डोटीको सायल गाउँपालिकाका ६ महिला र १३ पुरुष गरी १९ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए । यस्तै डोटीकै आदर्श गाउँपालिकाका–७ का तीन पुरुष र एक महिला, कैलालीको गोदावरी नगरपालिकाका सात महिला र ११ पुरुष गरी १८ जना, कञ्चनपुरको बेलौरी नगरपालिका–९ का दुई वर्षीया बालिकामा समेत संक्रमण पुष्टि हो ।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार २८९ पुगेको छ । तीमध्ये दुई हजार ८१९ जना डिस्चार्ज भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here