फिदिम बजारमा भीषण आगलागी, तीन घर र एक होटल जलेर नष्ट

 पाँचथर सदरमुकाम फिदिम बजारमा भीषण आगलागी भएको छ। फिदिम नगरपालिका- १ स्थित मेन लाइनको एक होटलबाट आगलागी सुरु भएको हो।  बजारको पाथिभरा मिष्ठान्‍न भण्डारबाट सुरु भएको आगोले तीन घर तथा एक होटल जलेर खरानी भएको प्रहरीले जनाएको छ। आगलागीबाट पाँचथर गेष्ठ हाउस जलेको छ।

प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। थप विवरण आउन बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here