कोरोना महामारी, लकडाउनको असर र अर्थतन्त्र

प्राकृति विपत्तिका कारण विश्वभर हरेक वर्ष लाखौं मानिसले ज्यान गुमाउने गरेका छन्। समग्र मानव जातिलाई नै यस किसिमका विपत्तिले कुनै न कुनै रुपमा चुनौती दिँदै आइरहेको छ। विश्व अहिले कोरोनाको महामारीबाट गुज्रिरहेको बेला नेपाल पनि यस महामारीबाट अछुतो रहन सकेको छैन ।चिनबाट सुरु भएको कोरोना महामारीले, यस महामारीबाट बच्न हाम्रो देशमा लागेको लकडाउनले गर्दा आम मानिसको दैनिक जिबनको साथ् साथै आर्थिक अवस्थामा पनि लकडाउन लागि परेको छ, र कोरोनाले गर्दा अर्थतन्त्र कसरि उकास्ने अनिश्चितता अझै पनि कायमै छ। मनमा अनेक शंका उपशंका आम जिबनमा खेलीरहेका छन्। साना, ठुला तथा मझौला ब्यापारीहरुको मनमा कहिले ब्यबसाय खोल्ने भने अन्योलै छ। हाम्रो पर्यटन ब्यबसाय, शैक्षिक संस्था, कलकारखान, दैनिक श्रम लगभग पुरै ठप्प भएका छन्। यस महामारीले गर्दा रोजगार गुम्ने देखि गुमाइसकेका मानिसहरु लकडाउन खुले पछि रोजगार पाउने कि नपाउने भन्ने पिरले मानसिक तनाबमा बाच्न बाध्य भएका छन्। नेपालको अर्थतन्त्रमा धेरै  योगदान पुरयाउने हाम्रा बिदेसिएका कामदारहरु पनि यस महामारीको चपेटाले गर्दा अछुतो छैनन्।

 राज्यको पहिलो प्राथमिकता नागरिकको स्वास्थ्य हुनुपर्दछ। विश्वमा तीनलाख भन्दा बढी मानिसले हालसम्म ज्यान गुमाइसकेका छन्। नेपालमा पनि सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । कोरोनाभाइरस सङ्क्रमणको बिस्वब्यापी महामारीले निम्तियाएको दुइ महिनाभन्दा बढी भएको लकडाउनले नेपालको आर्थिक गतिविधि लगभग पूर्ण रुपमा ठप्प भएका छन् । मुलुकमा अझै लकडाउनको अवस्था जारी नै छ । यसले गर्दा अत्यावश्यक बाहेका सबै गतिविधि ठप्प छन् । अझै कति समयसम्म यो स्थिति लम्बिने हो ठेगान भएको छैन। अभूतपूर्व यो सङ्कटले अर्थतन्त्रमा अहिले नै गम्भीर असर परिरहेको छ । यो स्थिति जति लम्बिन्छ, त्यति नै असर घातक बन्दै जानेछन्। यसको असरबाट कुनै क्षेत्र पनि अछुतो  रहने छैन।

लकडाउनले गर्दा उत्पादन क्षेत्र असर गरिरहेको छ भने भएको उत्पादनलाई बजारसम्म लैजान कठिनाइ भइ रहेको सुन्न सकिन्छ । घरमा गएका कामदारहरु तत्काल फर्कने अवस्था छैन । निर्माण क्षेत्रमा पनि त्यस्तै समस्या हुदा काम ठप्प छ । भन्सारमा मालसमान पास नहुदा राज्यको ढुकुटी घटिरहेको छ । बैङ्कको ऋण नउठ्ने र ऋणीले तिर्न पनि नसक्ने अवस्था छ । अर्को समस्या विदेशबाट स्वदेश र सहरबाट गाउँजाने मानिसहरुको लर्कोले खाद्य सङ्कट ल्याउने सम्भावना उत्तिकै बढ्दै छ । अर्को ठूलो समस्या यसले मानिसको मनोसामाजिक अवस्थामा गडबडी ल्याएको छ । घरमा बेरोजगार भई बस्दा झन ठूलो मानसिक समस्या सिर्जना हुने देखिन्छ । विश्व बैँकको तथ्यांकअनुसार जिडिपीमा पहिलो नेपालको २७.३% रहेको छ भने पाकिस्तान ७.९%, श्रीलंका ७.८%, बंगलादेश ५.८%, अफगानिस्तान ४.६%, भारत २.८%, भुटान १.७% र माल्दिभ्स ०.१ प्रतिशत रहेको छ । तसर्थ अब यस कोरोना महामारीले गर्दा देशमा रेमिटेन्स घट्ने प्रबल सम्भावना बढेको छ । फलस्वरूप यसले नेपालको आर्थिक वृद्धिदर घट्ने, वैदेशिक सहायतामा कमि आउने , आन्तरिक उत्पादनसमेत  बढी नहुँदा अर्थतन्त्र धराशयी हुने  खतरा बढ्दै गइरहेको देखिन्छ । दिन प्रति दिन सबै वर्गका मानिसको  आर्थिक अवस्था खस्कदै गईरहेको अवस्था देखिएको छ । हाम्रो देशको अर्थतन्त्र यस महामारी पछि कसरि उकास्ने भन्ने बारेमा सोच्ने कुनै नीतिगत ढांचा न भएको कारण सबै बर्गका मानिसलाइ दिन दिन गरिबी को रेखामुनि धकेली रहेको छ, दिन प्रतिदिन बढ्दै गरेको बेरोजगारीले अबको दिनमा झन् अर्थतन्त्र त्यतिकै जटिलता तर्फ जाने संकेत देखिन्छ ।

यस महामारीले गर्दा यसको प्रतक्ष्य असर हाम्रो अर्थतन्त्रमा परिरहेको छ । अब नेपालले आर्थिक सम्भावनाको ढोका खोल्न कदम चाल्ने र निर्भिक सोच बनाउने बेला भएको छ । कोरोना भाइरसको कारणले अबका दिनहरुमा अर्थतन्त्र उकास्न , सरकारले यसको अध्यन, अनुगमन, र अनुशन्धान गरेर मात्र  नीतिगत रुपमा भावी अर्थतन्त्रको बाटो रोज्नु पर्ने हुन्छ। कुन–कुन क्षेत्रमा नेपाललाई तुलनात्मक लाभ छ, नेपालमा वैदेशिक लगानी आकर्षित गर्न के–कस्ता कदमहरू आवश्यक छन्, नेपालको जलस्रोतको विकास कसरि गर्न सकिन्छ  वा नेपालमै के मा लगानी गर्दा रोजगार सिर्जना गर्न सकिन्छ, ताकि नेपाली कामदारले जीविकोपार्जनका निम्ति आफ्नो मुलुक छाड्नु नपरोस् ।  हाम्रो देशले  कसरी निर्यात वृद्धि गर्न सक्छ र आयातको राजस्वप्रतिको सरकारको निर्भरता न्यून गर्न सक्छ । व्यवसायीहरू माथिको जोखिम न्यूनीकरण गर्न र मानिसहरूलाई आफ्नै देशमा व्यवसाय सुरु गरी रोजगार सिर्जना गर्न हाम्रो देश नेपालले के गर्न सक्छ,  यसबारे प्रस्ट रणनीति बनाई अगाडी बढ्नु पर्ने हुन्छ । राष्ट्रिय गौरवका आयोजनाहरु तदारुकता का साथ् प्रदेश एवम् स्थानीय तहमा  लागु गर्नु पर्ने हुन्छ र यसमा रोजगारीको पनि सिर्जना गर्न सक्नु पर्छ ,सेवा क्षेत्रका क्रियाकलाप विस्तार गर्नुपर्ने हुन्छ।

अबको बाटो हाम्रो देशमा आर्थिक स्तिथि उकास्नको लागि  युवा पुस्तालाइ ब्यबसाय देखि कृषि सम्म को वातावरण बनाउनु पर्ने हुन्छ । किनकि यिनीहरुले  सक्रियतापूर्वक उनीहरूसँग भएको नयाँ ऊर्जा, विचार र नवीनताबाट अर्थतन्त्रको वृद्धिमा मद्दत पुग्छ । उद्यमशील व्यक्ति तथा व्यावसायिक समूहहरूले आफ्नो ऊर्जा र सिर्जनशीलता नेपालको भावी अर्थतन्त्रलाई फस्टाउने मौका दिने खालका नीति तथा कानुनलाई आकार दिने कार्यमा लगाउनु पर्नेहुन्छ  ।स्वस्थ्य  प्रतिस्पर्धाले रोजगारी सिर्जना गर्छ, माग बढाउँछ, वृद्धिलाई बढावा दिन्छ र यसबाट सबै फाइदा हुन्छ ।नेपालको प्रमुख उत्पादन मध्ये कृषि उत्पादन एक मुख्य क्षेत्र हो, कृषि क्षेत्रमा अब हामी आत्मनिर्भर भयौ भने मात्र पनि यस्ता किसिममा महामारीले उत्पन्न हुने आर्थिक तथा खाद्य संकटलाई निकै कम गर्न सकिन्छ। कृषि क्षेत्रको उचित व्यवस्थापन गर्नु पर्ने हुन्छ।युवा वर्गलाई लक्क्षित गरि व्यवसायिक कृषितर्फ आकर्षित गराउनु पर्ने हुन्छ जसले गर्दा यसले धेरै सम्मको बेरोजगारी समस्या समाधान गर्ने बाटो खोल्छ , नेपाल सरकारले पनि यसको बारेमा विभिन्न किसिमका सहौलियतका नीतिहरु ल्याउनुपर्ने देखिन्छ।

नेपालको वृद्धि र विकासमा अंकुश लगाउने मूलभूत चुनौतीहरूलाई परास्त गर्न सरकारले केही मूलभूत प्रश्नहरूमाथि विचार पुर्यांउन पर्छ । नवीनतामा केन्द्रित नेपालको भावी अर्थतन्त्र निर्माणका लागि वातावरण बनाउने जिम्मेवारी अन्तत: सरकारकै काँधमाथि हुन्छ । वैदेशिक लगानीलाई प्रोत्साहन दिने, बौद्धिक सम्पत्तिको संरक्षण गर्ने, लागत घटाउने, कागजी प्रक्रिया सम्बन्धी अड्चन घटाउने र उत्पादनशील कार्यका लागि पुँजीमा पहुँच सुनिश्चित गर्ने खालका नीति तथा कानुन लागू गर्नु र तिनको कार्यान्वयन गराइनुपर्छ । गतिशील अर्थतन्त्र बनाउन कानुनले मात्र पुग्दैन । दूरदृष्टिलाई यथार्थमा परिणत गर्न दीर्घकालीन रणनीति, दृढ निश्चय र राजनीतिक इच्छाशक्ति अगाडी सर्नु पर्ने हुन्छ । विभिन्न मध्यमबाट अबका दिनहरुमा सबैले आफूले सकेसम्म अर्थतन्त्रलाई गतिशील बनाउनु जिम्मेवारी बहन गर्नु पर्ने हुन्छ अनि मात्रै देश सम्ब्रिधि को तर्फ़ अगाडी बढछ ।सीमान्त तथा विपन्न वर्गलाई लक्षित गरी  रोजगारी मुलक कार्यक्रमहरु संचालन गर्नुपर्छ। त्यसैले यस्ता कार्यक्रमलाई भविष्यमा अझ एकीकृत र समन्वयात्मक ढंगबाट प्रभावकारी रुपमा संचालन गर्न सकिएको खण्डमा नेपालको गरिबी कम गर्ने सकिने कुरामा विश्वस्त हुन सकिन्छ र अर्थतन्त्र पनि गतिशील र चलायमान् बनाउन सकिन्छ।

नेपालको भावी अर्थतन्त्र निर्माणमा निजी क्षेत्रको पनि महत्त्वपूर्ण भूमिका रहेको छ अब को बाटो अर्थतन्त्र निर्माणका लागि नयापन ल्याउनु अत्यावश्यक छ । अहिले २१ सौ शदाब्दी मा छौ हामी अहिले डिजिटलाइजेसन युगमा छौ, हामी त्यसैले अबको  अर्थतन्त्रमा , जसले उच्च प्रविधि उद्योग, अनुसन्धान, अत्याधुनिक प्रविधि, पूर्वाधारमा लगानी र विद्यार्थीलाई समीक्षात्मक ढङ्गले सोच्न सिकाउने खालका राम्रा विद्यालयहरूमाथि जोड र रोजगारी दिने काम गर्छ त्यस्ता लाइ बढी प्राथमिकता दिनु पर्ने हुन्छ। निजि क्षेत्रमा पनि  नयापनलाइ प्रोत्साहित गर्ने वातावरणले उद्यमी–व्यवसायीलाई खतरा मोल्न र नयाँ व्यवसाय सिर्जना गर्न स्थान दिन्छ । यस किसिमको नवीनतालाई प्रोत्साहन दिन सरकारी नीतिहरूले उद्यमी–व्यवसायीका आवश्यकतालाई प्राथमिकता दिनुपर्छ । बढी भन्दा बढी लगानी लगाउने बाताबरणको सिर्जना गर्नुपर्ने हुन्छ तसर्थ अब नेपाल सरकारले व्यवसाय सुरु गर्नका निम्ति कम लागत, पुँजीमा सहज पहुँच, छोटो कागजी प्रक्रिया, उनीहरूलाई आवश्यक स्रोत प्राप्त गर्ने प्रक्रियामा कम अड्चन र सबभन्दा महत्त्वपूर्ण कुरा, कम जोखिम हुने प्राबधान ल्याउनु पर्ने हुन्छ । जसले गर्दा आर्थिक गतिविधिले गतिसिलता पाइराखोश ।यसो गर्दा देशको अर्थतन्त्र अलिक बलियो हुनुको साथ्साथै देशको अर्थतन्त्र उकास्न मदत पुग्ने छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here