नेपाल एसिया कप फुटबल छनाैटको तेस्रो चरणमा छानियो

काठमाडौँ – नेपाल सन् २०२३ मा हुने एसिया कप फुटबलका लागि हुने छनाैटको तेस्रो चरणका लागि छानिएको छ। मंगलबार विश्वकप तथा एसिया कपको दोस्रो चरणको छनाैट सम्पन्न भएपछि तेस्रो चरणमा पुग्ने टोलीको तय भएको हो।

नेपाल समूहको चौथो स्थानमा रहेको थियो। दोस्रो चरणमा रहेका ८ वटा समूहका अन्तिम तीनवटा उपविजेता टोली, सबै तेस्रो टोली र सबै चौथो टोलीलाई र सर्वोत्कृष्ट तीनवटा पाँचौँ टोलीलाई एसिया कप छनोटको तेस्रो चरणमा स्थान दिइएको छ।

२४ टोलीले प्रतिस्पर्धा गर्ने एसिया कपमा आयोजक चीनसहित १३ टोली छनाैट भइसकेका छन्। जापान, सिरिया, कतार, दक्षिण कोरिया, अस्ट्रेलिया, यूएई, इरान, इराक, साउदी अरब, भियतनाम, लेबनान र ओमान छनाैट भएका छन्। अब तेस्रो चरणको छनाैटबाट ११ टोलीको टुंगो लाग्ने छ। छनाैटको तेस्रो चरणमा पनि २४ टोली हुनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here