आठौं राष्ट्रिय खेलकूदका लागि जुडो खेलाडी छनोट

काठमाडौँ । आठौं राष्ट्रिय खेलकूदका लागि प्रदेश नंं १ बाट आठ पुरुष र १० महिला गरी १८ खेलाडी छनोट भएका छन् ।
आठौँ राष्ट्रिय खेलकूद तयारी सचिवालयका अनुसार पुरुष ६० केजीमुनि झापाका रमेश मादिहाङ र लुखिराम मर्दी, ६६ केजीमुनि झापाका देवेन्द्रबहादुर दाहाल खत्री र इलामका विवेक कोइराला, ७३ केजीमुनि इलामका पवन राई र रञ्जीतकुमार यादव, ९० केजीमुनि झापाका मङ्लु मेचे र १०० केजीमुनि सङ्खुवासभाका यमुनाप्रसाद काफ्ले छनोट भएका छन् ।

त्यसैगरी महिला ४८ केजीमुनि झापाकी स्वस्तिका सुवेदी र मोरङकी सन्ध्या दाहाल, ५२ केजीमुनि झापाकी दिलमाया लिम्बू र सुनसरीकी सुस्मिता कार्की, ५७ केजीमुनि झापाकी श्रेया मगर र सुनसरीकी विद्यादेवी खड्का, ६३ केजीमुनि झापाकी आशा मेचे, ७० केजीमुनि इलामकी दुर्गा भट्टराई, ७८ केजीमुनि इलामकी सुस्मिता खवास र ७८ केजीमाथि मोरङकी गोमा राई छानिए । सचिवालयका अनुसार प्रदेश नंं ५ मा हुने तय भएको आठौँ राष्ट्रिय खेलकुदका लागि सबै प्रदेशहरुमा खेलाडी छनोट अन्तिम चरणमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here