नयाँ दिल्ली- इन्डियन प्रिमियर लिग-आईपिएल क्रिकेटअन्तर्गत आफ्नो दोस्रो खेलमा दिल्ली क्यापिटल्सले केही बेरमा चेन्नई सुपर किङ्ससँग खेल्दै छ। दिल्लीले टस जितेर पहिला ब्याटिङ रोजेको छ।
दिल्लीका नेपाली स्टार खेलाडी सन्दीप लामिछाने लगातार दोस्रो खेलमा टिमबाहिर छन्। दिल्लीले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई हराएको थियो। दिल्लीले टोलीमा एउटा मात्र परिवर्तन गरेको छ।
ट्रेन्ट बोल्टको स्थानमा स्पीनर अमित मिश्रालाई समावेश गरेको छ। चेन्नईले पनि कुनै परिवर्तन गरेको छैन। यो खेल दिल्लीको मैदानमा हुँदै छ।