आइपीएलः राजस्थान ३ विकेटले विजयी, कोलकाताको सातौं हार

काठमाडौं, वैशाख १३ –  इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्स विरुद्धको खेलमा राजस्थान रोयल्स ३ विकेटले विजयी भएको छ । कोलकाताले होम ग्राउन्डमा दिएको १७६ रनको लक्ष्य राजस्थानले १९.२ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो ।

उसको जीतका लागि जोफ्रा आर्चरले बिस्फोट ब्याटिङ गरे । उनले १२ बलमा नट आउट २७ रन प्रहार गरे । यस्तै, रियान प्ररागले ३१ बलमा ४७, आजिंक्य रहाणेले २१ बलमा ३४, सञ्जु स्यामसुनले १५ बलमा २२, श्रेयस गोपालले ९ बलमा १८ रनको योगदान दिए । त्यस्तै, बेन स्टोक्स, स्टुअर्ट बिन्नीले समान ११–११ र कप्तान स्टीभ स्मिथले २ रन बनाए ।

बलिङमा कोलकाताका पियूस चवालाले ४ ओभरमा मात्र २० रन दिदै ३, सुनिल नारायणले ४ ओभरमा २५ रन खर्चिदै २ विकेट लिए । यस्तै, प्रशिद्ध कृष्णा र आन्द्र रसेलले एक–एक विकेट हात पारे । यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७५ रन बनायो । उसका लागि कप्तान दिनेश कार्तिक बाहेक अन्यको प्रदर्शन सन्तोषजनक रहन सकेन । कार्तिकले राजस्थानविरुद्ध नट आउट ५० बलमा ९७ रन प्रहार गरे । त्यसक्रममा उनले ९ छक्का र ७ चौका लगाए ।

यस्तै, नितीश राणाले २१, शुभमन गिल, आन्द्रे रसेलले १४–१४, सुनिल नारायणले ११, कार्लोस ब्रैथवेटले ५ रन बनाउँदा क्रिस लिन शून्य रनमा आउट भए । बलिङमा राजस्थानका बरुन अरुणले २, ओशन थोमस, श्रेयस गोपाल र जयदेव उनदकटले एक–एक विकेट लिए ।

यो जीतसँगै राजस्थान ४ अंकका साथ तालिकाको सातौ स्थानमा उक्लिएको छ । यता कोलकाता ११ म्याचमा ७ मा हार र ४ खेलमा मात्र जीत दर्ता गर्दै ४ अंकका साथ तालिकाको छैटौं स्थानमा छ । हारसँगै दुई पटकको आइपीएल विजेता कोलकाता प्लेअफमा पुग्ने सम्भावना कमजोर बनेको छ । यता राजस्थानले भने प्लअ‍ेफमा पुग्ने सम्भावनालाई जिवितै राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here