एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोर बाहिरिएको छ । मंगलबार बैंगलोर र राजस्थान रोयल्सबीचको खेल वर्षाका कारण रद्द भएपछि खेल ५ ओभरमा घटाईएको थियो । एम चिन्नास्वामी क्रिकेट स्टेडियममा वर्षाको कारण ५ ओभरमा घटाईएको खेलमा बैंगलोरले दिएको ६३ रनको लक्ष्यसहित राजस्थानले ब्याटिङ गरिरहँदा पुनः पानीले खेल रोकिएर रद्द भएको हो ।
खेल रोकिनुअघि राजस्थानले ३ ओभर २ बलमा १ विकेट गुमाउँदै ४१ रन बनाएको थियो । राजस्थानका सन्जु सामसनले २८ रन बनाएउँदा लियाम लिभिङस्टोन ११ रनमा अविजित रहे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोर ५ ओभरमा ७ विकेट गुमाएर ६२ रन जोडेको थियो ।बैंगलोरका लागि कप्तान विराट कोहलीले २५ तथा एबी डी भिलियर्सले १० रन जोडे । बलिङतर्फ श्रेयस गोपालले ह्याट्रिक विकेट लिए । श्रेयसले पहिलो ओभरको चौंथो बलमा कोहली, पाँचौमा भिलियर्स र अन्तिम बलमा मार्कुस स्टोनिसलाई आउट गर्दै ह्याट्रिक विकेट पुरा गरेका थिए । यस्तै ओशाने थोमसले २ विकेट लिए ।
राजस्थानसँगको खेल रद्द भएसँगै बैंगलोर प्रतियोगिताबाट बाहिरिएको छ । बैंगलोर यस सिजनको आईपीएलबाट बाहिरिने पहिलो टोली बनेको छ ।