म्यान्चेस्टर सिटी लिगको उपाधि नजिक, बलियो सिटीलाई लेस्टरको चुनौती

एजेन्सी- इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार रातिको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ । यो जीतसँगै म्यानचेष्टर इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि नजिक पुगेको छ । सोमबार राति भएको खेलमा लेस्टर सिटीलाई म्यानचेस्टरले १–० गोल अन्तरले पराजित गर्‍यो ।

घरेलु मैदान इतिहाद स्टेडियममा सिटीलाई जित दिलाउन भिसेन्ट कम्पनीले खेलेका ७० औ मिनेट पहिलो गोल गरे । यो गोल नै प्रतियोगिताको विजयी बन्यो ।

जितपछि सिटी लिगको शीर्ष स्थानमा फर्किएको छ । र दोस्रो स्थानको लिभरपुलसंग एक अंकको अग्रता लिएको छ ।

शीर्ष स्थानको म्यान सिटीको ९५ अंक छ । लिभरपुलको ९४ अंक छ । नवौ स्थानमा रहेको लेस्टरको ५१ अंक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here