लन्डन– विश्वकप क्रिकेटअन्तर्गत शनिबार श्रीलंकाको सामना गर्दा साबिकको विजेता अस्ट्रेलिया जितको लयलाई निरन्तता दिँदै शीर्ष ४ मा आफ्नो दाबेदारी थप बलियो पार्न चाहन्छ।
आजको खेलमा दुबै टोली जित निकाल्ने योजनामा हुनेछन् । श्रीलंका आजको खेलमा जित निकाल्दै शीर्ष चारमा उक्लने योजनामा हुनेछ । यस अघिका चार खेल मध्य एक खेलमा जित, दुई खेलमा बराबरी र एक खेलमा पराजित भएको श्रीलंका ४ सहित तालिकाको पाँचौ स्थानमा छ । आजको खेलमा जित निकाल्दै श्रीलंका शीर्ष चारमा उक्लने योजनामा हुनेछ ।
यता बलियो टोली अष्ट्रेलिया आजको खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा हुनेछ । यस अघि चार खेल खेलेको अष्ट्रेलिया तीन खेलमा जित र एक खेलमा पराजित हुँदै ६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।