नेपालद्वारा सिंगापुरलाई विशाल लक्ष्य

काठमाडौं – एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले सिंगापुरलाई ३ सय २७ रनको विशाल लक्ष्य दिएको छ ।

टस जितेर पहिलो ब्याटिङको गरेको नेपालले निर्धारीत ५० ओभरको खेल पूरा खेल्दै ४ विकेट गुमाएर ३ सय २६ रन बनायो ।

नेपालका लागि रित गौतम र खड्क बहादुर बोहराको साझेदारी उत्कृष्ट रह्यो । रित गौतम र खडकले १३१ रनको साझेदारी खेलेका थिए । ओपनिङ ब्याट्सम्यान रित गौतमले शतक प्रहार गरे ।

उनले १३७ बलमा १० चौका र १ छक्काको मतद्दामा १ सय १५ रनको उत्कृष्ट पारी खेले । त्यस्तै, तेस्रो विकेटका रुपमा मैदान प्रवेश गरेका खडकले ९० बलमा १२ चौकाको मद्दतमा ९० रन बनाए ।

यस्तै, कुसल मल्लले विस्फोटक ब्याटिङ गर्दै २३ बलमा ५१ रन बनाए । उनले ५ छक्का र ४ चौका प्रहार गरेका थिए भने पवन सरार्फले ४५ रन बनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here