वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टमा भारतको सबैभन्दा फराकिलो जित

काठमाडौं । आइसीसी टेष्ट च्याम्पियनसिप अन्तर्गत वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टमा भारतले कीर्तिमानी तीन सय १८ रनको जित निकालेको छ । एन्टिगुवामा भएको खेलको चौथो दिनमै ४१९ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको वेष्ट इन्डिज १०० रनमै अलआउट भएको थियो । केमार कोचले सर्वाधिक ३८ रन बनाएको इनिङमा वेष्ट इन्डिज २६.५ ओभर मात्र क्रिजमा रहन सकेको थियो ।

जसप्रित बुमराहले ८ ओभरमा ४ मेडन राख्दै ७ रन खर्चिएर ५ विकेट लिए । इशान्त शर्माले ९.५ ओभरमा १ मेडन राख्दै ३१ रन खर्चिएर ३ विकेट लिए ।

मोहम्मद शामीले ५ ओभरमा ३ मेडन राख्दै १३ रन खर्चिएर २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङमा २९७ रन बनाएको थियो ।

अजिन्क्या रहानेले सर्वाधिक ८१ रन बनाएका थिए । जवाफमा वेष्ट इन्डिजले २२२ रन बनाएको थियो ।
दोस्रो इनिङमा भारतले अजिन्क्या रहानेको १०२ रन तथा हनुमा विहारीको ९३ रनको मद्धतमा ७ विकेटको नोक्सानीमा ३४३ रन बनाएर इनिङ टुंगाएको थियो ।
रहाने म्यान अफ द म्याच भए । यो जितपछि २ खेलको सिरिजमा भारतले १–० ले अग्रता बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here