नेपालको नयाँ कीर्तिमान,यि हुन् १३ औं सागमा नेपालले जितेका ३२ स्वर्णहरु

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ३२ स्वर्ण जितेर नयाँ कीर्तिमान बनाएकाे छ । बुद्धिबहादुर तामाङले साइक्लिङमा ३२ आ‍ैं स्वर्ण जितेसँगै नेपालले आठौं सागमा बनाएकाे कीर्तिमान भंग गरेकाे हाे । १३औं दक्षिण एसियाली खेलकुद (साग) को दोस्रो दिन नै नेपालले १५ स्वर्ण जित्दै शानदार शुरुवात गरेको थियो । सागको तेस्रो दिन मंगलबार आठ स्वर्ण जित्यो । चौथो दिन बुधबार ६ स्वर्ण थप्दै २९ स्वर्ण बनाएको थियो ।

पाँचौं दिन नेपालले ३ स्वर्ण थप गर्दै २० वर्ष अगाडिको कीर्तिमान भंग गरेको छ । सन् १९९९ मा सम्पन्न आठौं सागमा नेपालले ३१ स्वर्ण जितेको थियो । त्यस पछि र अगाडि पनि नेपालले दोहोरो अंकमा स्वर्ण जित्न सकेको थिएन । आठौं साग पनि काठमाडौंमै भएको थियो । त्यसबेला नेपालले कराँते र तेक्वान्दोमा १४–१४ स्वर्ण जितेको थियो । बक्सिङबाट दुई र पौडीबाट एक स्वर्ण जितेको थियो ।

१३ औं सागको पाँचौ दिनसम्म नेपालले जितेका स्वर्णहरु

१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४.कराते (५५ केजी) – लक्ष्मण तामाङ
५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ
६.कराते (४५ केजी मुनी)– कुसुम खड्का
७.कराते (५० केजी मूनि) अनु अधिकारी
८.कराते (६७ केजी) नवीन रसाइली
९.कराते (६८ केजी)– सुनिता महर्जन
१०.कराते (६८ केजी)– अनुपमा मगर
११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ
१२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु
१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ
१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )( आयशा शाक्य र सञ्जिकुमार पाण्डे
१६.तेक्वान्दो पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
१७. तेक्वान्दो पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ
१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा
२०.ट्रायथलन – सोनी गुरुङ
२१.डुवाथोलन – हिमाल टमाटा
२२. उसु (थाउलो) – विजय सिन्जाली
२३. उसु (थाउलो) – सुस्मिता तामाङ
२४. उसु (थाउलो)– दीपक हमाल
२५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ
२६. साइक्लिङ (डाउनहिल) – राजेश मगर
२७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ
२८. तेक्वान्दो (गेरोगी स्पर्धा) – संगीता बस्याल
२९. तेक्वान्दो (८७ केजी ) – सक्षम कार्की
३०. उसु (थाउलो नान्दौ) – निमा घर्ती मगर
३१. साइक्लिङमा- लक्ष्मी मगर
३२. साइक्लिङः बुद्धिबहादुर तामाङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here