कुस्तीकाे सबै प्रतिस्पर्धा सकियो, नेपाललाई १ स्वर्णसहित १३ पदक

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीतर्फका सबै प्रतिस्पर्धा सकिएको छ।

जनकपुरमा सम्पन्न कुस्तीमा २० स्वर्णका लागि नेपालससिहत विभिन्न देशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए। जसमा भारतीय खेलाडीहरूको दबदबा रह्यो।

भारतले आफू सहभागी भएको १४ वटै प्रतिस्पर्धामा स्वर्ण पदक कब्जा गर्दा नेपाललाई एक मात्र स्वर्ण हात लाग्यो। ५५ केजी तौल समूहमा बंगलादेशकी सार्कर रिमीलाई पराजित गर्दै सङ्‍‍गीत धामीले स्वर्ण जित्नुबाहेक अन्य नेपाली खेलाडी स्वर्ण पदक हात पार्न असफल रहे।

नेपालले कुस्तीमा १ स्वर्ण, ४ रजत र ८ कांस्यसहित कूल १३ पदक जितेको छ।

सोमबार अन्तिम दिन भएको प्रतिस्पर्धामा भारतले दुई स्वर्ण पदक जित्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ। सोमबार महिलातर्फ ६८ केजी तौलको समूहमा भारतकी अनिताले स्वर्ण पदक जितेकी छन्। पुरुषतर्फ ७४ केजी तौल समूहमा भएको खेलमा भारतका गौरव बालियानले स्वर्ण पदक जिते।

श्रीलंकाकी मालाले रजत र बंगलादेशकी रोईतिथीले कांस्य पदक जितेकी छन्। त्यस्तै श्रीलंकाका लकमलले रजत र बंगलादेशका सेपोन शेखले कांस्य पदक जितेका छन्।

प्रतियोगितामा पाकिस्तानले ३ र श्रीलंकाले २ स्वर्ण जितेका छन्।

विजेता खेलाडीहरूलाई प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले मेडल प्रदान गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here