कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज र संकटा क्लबले बराबरी खेलेका छन् । एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा दुवै टोलीले बराबरी खेल्दै एक–एक अंक बाँडेका हुन् । बराबरीसँगै ब्रिगेडको ७ खेलबाट ८ अंक छ । उता संकटाको ७ खेलबाट ९ अंक छ ।
आजै हुने अर्काे खेलमा त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबसँग प्रतिस्पर्धा गर्दै छ । दशरथ रंगशालामा खेल हुने छ । आजको खेलमा जित निकाल्दै आर्मी लिगको शीर्ष स्थानमा उक्लने योजनामा छ ।