साबिक विजेता नोभाक जोकोविच अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। आइतबार भएको खेलमा अर्जेन्टिनाका डिएगो स्वार्ट्सम्यानलाई पराजित गरेर जोकोविच ११ औँ पटक अस्ट्रेलियन ओपन टेनिसको अन्तिम ८ मा पुगेका हुन् । सातपटकका विजेता सर्बियन जोकोविचले डिएगोलाई ६–३, ६–४ र ६–४ को सेटमा पराजित गरेका हुन्। उनले अन्तिम सेमिफाइनल प्रवेशका लागि मिलोस राओनिकसँग प्रतिस्पर्धा गर्ने छन् । मिलोसले सन् २०१८ का फाइनलिस्ट हुन् ।