सर्वाधिक धन राशीको फुटबल प्रतियोगिता भरतपुर गोल्डकप नारायणगढमा हुनेभएको छ । भरतपुर गोल्डकप आउँदो फागुन २४ देखि हुने आयोजकले जानकारी गराएका छन् ।
दोस्रो संस्करणको प्रतियोगितामा ए डिभिजनका ६ क्लबसहित १० वटा क्लबको सहभागिता रहनेछ । प्रतियोगिताको बिजेताले १० लाख रुपैयाँसहित ट्रफी पाउने छन् । प्रतियोगिताको उपविजेताले ५ लाख रुपैयाँ र हरेक दिनको म्यान अफ दि म्याच हुने खेलाडीलाई १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र दिइनेछ ।
प्रतियोगिताको विधागत रुपमा उत्कृष्ट खेलाडीलाई २० हजार, सर्वोत्कृष्ट खेलाडीलाई ५० हजारसहित ट्रफी र मेडल प्रदान गरिने छ । हरेक टीमले एन्फाको नियमअनुसार तीन जना विदेशी खेलाडी राख्न पाउने सह आयोजक चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले बताउनुभयो । उहाँका अनुसार विदेशी खेलाडीका लागि वर्क परमिट अनिवार्य गरिएको छ । पहिलो संस्करणको भरतपुर गोल्डकपको विजेता सङ्कटा क्लब रहेको छ ।