काठमाडौं – राष्ट्रिय भलिबल संघ(एनभीए)ले गर्ने पाँचौं राष्ट्रिय भलिबल क्लब लिग प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गरिएको छ। बैशाख २५ देखि जेष्ठ १ सम्म आयोजना हुन गइरहेको प्रतियोगित कोरोेना भाइरसको जोखिमका कारण स्थगन गरिएको एनभीएले जनाएको छ।
एनभीएका अध्यक्ष मनोरञ्जन रमण शर्माले पनि प्रतियोगिता स्थगित भएको जानकारी दिए। उनले भने, ‘यो कोरोनाकै कारणले स्थगित गरिएको हो। अहिले अनिश्चितकालका लागि स्थगित गरिएको छ। खेल गराउन सकिने अवस्था पनि त छैन।’
त्यस्तै, विश्व भलिबलको सर्वोच्च निकाय एफआईभीबी र एसियन भलिबल संघ एभीसीले सेप्टेम्बरसम्मका आफ्ना सबै मिटिङ र साधारण सभा स्थगन गरेको छ। जसको निर्देशनअनुरुप एनभीएले पनि आफ्ना सेप्टेम्बरसम्मका सबै काम कारबाही स्थगित गरेको छ।